काठमाडौंबाट हेटौँडाका लागि छुटेको जीप पहिरोले पुर्‍यो, एक जनाको मृत्यु

काठमाडौंबाट हेटौँडाका लागि छुटेको जीप पहिरोले पुर्‍यो, एक जनाको मृत्यु

मकवानपुरको भीमफेदी–कुलेखानी सडकखण्डअन्तर्गत देउरालीमा पहिरोले स्कारपियो जीप पुरिँदा एक जनाको मृत्यु भएको छ। इन्द्रसरोवर गाउँपालिका–२ देउरालीनजिक आज बिहान बा १७ च ४८७४ नम्बरको जीप पहिरोले पुरेको हो।

प्रहरीका अनुसार जीप काठमाडौंबाट हेटौँडाका लागि छुटेको थियो। इलाका प्रहरी कार्यालय भीमफेदीका प्रमुख, प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले मृतकको पहिचान खुलिनसकेको बताए। पहिरोसँगै आएको ठूलो ढुंगाले जीप थिचेको प्रहरीले जनाएको छ। 

सोही पहिरोमा परेर दुई जना घाइते भएका छन्। घाइतेको पनि पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

काठमाडौंबाट हेटौँडाका लागि छुटेको बा ९७ प ४८५१ नम्बरको मोरटरसाइकलमा पहिरोले आंशिक क्षति पुर्‍याउँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। 

घाइतेलाई उपचारका लागि काठमाडौं पुर्‍याइएको छ।