डडेल्धुरामा प्रहरीको नमस्ते अभियान

डडेल्धुरामा प्रहरीको नमस्ते अभियान

डडेल्धुरामा ट्राफिक प्रहरीले नमस्कार अभियान संचालन गरेको छ । जिल्लाको ट्राफिक प्रहरी कार्यालय स्याउलेले राजमार्गमा संचालन भएका गाडी चालक तथा यात्रुहरुलाई विभिन्न ट्रफिक सचेतना दिलाउनका लागि नमस्कार अभियान संचालन गरेको हो ।

ट्राफिक प्रहरीले यातायात व्यवस्था सेवा कार्यालयका प्रतिनिधिहरुको सहयोगमा सवारी साधन चेक जाँच गर्ने नयाँ तरिका अपनाउँदै नमस्ते अभियान थालनी गरेको छ । सडक अनुशासन कायम गर्न प्रहरी कार्यालयले नमस्कार अभियान संचालन गरेको छ ।

नेपाल प्रहरी ट्राफिक महाशाखाको निर्देशन बमोजिम नमस्कार अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याउले इञ्चार्ज प्रहरी नायव निरीक्षक देव बहादुर खत्रीले बताए । ट्राफिक प्रहरीले सुदूरपश्चिमका पहाडि जिल्ला अन्र्तगत डडेल्धुरा कार्य क्षेत्रमा रहेका मुख्य राजमार्गमा शिष्टताका साथ नमस्कार गरी यात्रुसँगै यातायातका सबै सवारी साधनका चालक तथा गाडि कागजात पनि जाँच गरी आवश्यकताअनुसार कडा कारवाही पनि गर्ने जनाएको छ । पछिल्लो समयमा ट्राफिक प्रहरीप्रति आम जनगुनासा आएको भन्दै राजमार्गमा गुड्ने प्रत्येक यातायातका साधनहरुसँग भद्र र मित्रवत व्यवहार गर्दै ट्रफिक चेकजाँचमा कडाइ गरेको हो । 

सवारी चालकलाई प्रोत्साहन स्वरुप खुशी बनाउनका लागी नमस्ते अभियान थालिएको प्रहरी नायव निरीक्षक खत्रीले बताए । कोरोना संक्रमण व्याप्त रहेका बेला सवारी साधनहरुमा स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग, मापदण्ड अनुसार यात्रुबाहक सवारी साधनहरु चलाउनु पर्ने, लाईसेन्स र गाडी धनी पूर्जालगायतका कागजातहरु चुस्त र नविकरण भए नभएको नियमन गर्न नमस्कार अभियान थालिएको जनाएका छन् । 

ट्राफिक प्रहरीले हेलचक्र्याई गर्ने र त्रुटि भएका मोटरसाइकल तथा सवारीसाधनको चेकजाँचमा कडाइ गरेको छ । यातायात व्यवस्था सेवा कार्यालय डडेल्धुराका प्रतिनिधि सहित असोज १ गते देखि नमस्कार अभियान सुरु भएको हो ।