बाँकेमा कोरोनाबाट ३९ वर्षीय पुरुषको मृत्यु

बाँकेमा कोरोनाबाट ३९ वर्षीय पुरुषको मृत्यु

नेपालगन्ज : बाँकेमा कोरोनाबाट थप एक जना पुरुषको भएको छ। 

बाँकेको भेरी अस्पतालमा बर्दियाको बारबर्दिया नगरपालिका– ३ बनियाभारका ३९ वर्षीय पुरुषको आज बुधबार विहान मृत्यु भएको अस्पतालले  जनाएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी भदौ २९ गते अस्पताल भर्ना भएका थिए । ३० गते उनलाई कोरोना भएको पुष्टि भएको थियो । 

कोरोना पुष्टि भएको ८ दिनपछि आज बिहान साढे १० बजे उनको उपचारका क्रममा मृत्यु भएको हो । उनको फोक्सोको दुबैतर्फ निमोनिया भएको अस्पतालले जनाएको छ ।