मालपोत कार्यालयको सेवा ९ गतेसम्मका लागी बन्द

मालपोत कार्यालयको सेवा ९ गतेसम्मका लागी बन्द

धनगढी । मालपोत कार्यालय धनगढीका एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ।  कार्यालयमा कार्यरत पुरुष कर्मचारीमा संक्रमण पुष्टि भएको कार्यालय प्रमुख सुरेन्द्र केसीले जनाएका छन् । 

कर्मचारीमा संक्रमण पुष्टि भएपछि प्रशासनिक कामबाहेक सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख मालपोत अधिकृत केसीले बताए।

आगामी ९ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको केसीले बताए। एक जना कर्मचारीमा कोरोना पुष्टी भए पछी मालपोत कार्यालयमा रहेका सबै कर्मचारीमा कोरोना परिक्षण गर्ने तयारी गरिएको छ ।