करेन्ट लागेर एकजनाको मृत्यु

करेन्ट लागेर एकजनाको मृत्यु

कैलाली :  गौरिगंगा नगरपालिका १० नुक्लिपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका ३० वर्षीय रघुबिरसिंह धामी छन्। जंगली जनावरलाई पासो थाप्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ।  बिजुलीको पोलबाट तार हुक गरेर जालो बनाइ करेन्ट प्रवाह गरेको पाइएको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी ज्ञानबहादुर विष्‍टले बताए। 

आज बिहान करिब साढे ३ बजेतिर करेन्ट लागेर मृत्यु भएका धामीलाई खेतमै छोडेर भागेका पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको छ।