सुदुरपश्चिममा थप ८ जनामा कोरोना पुष्टी

सुदुरपश्चिममा थप ८ जनामा कोरोना पुष्टी

धनगढी । सुदुरपश्चिममा थप ८ जनामा कोरोना पुष्टी भएको छ ।  डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा एक सय ४३ जनाको कोरोना परीक्षण भएकोमा ८ जनामा संक्रमण पुष्टि भएको हो।
 संक्रमण पुष्टि भएका ८ जना अछाम तुर्माखाद गाउँपालिकाका रहेको प्रयोगशाला प्रमुख इश्वरी प्रसाद भुसालले जनाएका छन् ।