जीपसग ठोक्किदा मोटरसाईकल चालकको मृत्यु

जीपसग ठोक्किदा मोटरसाईकल चालकको मृत्यु

धनगढी : कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ साँडेपानीमा भएको दुर्घटनामा परि एक जनाको मृत्युभएको छ भने एक जना घाईते भएका छन । 

गएराती जीप र मोटरसाइकल एक आपसमा मोटरसाईकलमा सवार कैलालीको बर्दगोरिया गाँउपालिका बैनियाका ३२ वर्षीय चक्र बमको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख  प्रहरी निरिक्षक यक्षराज जोशीले जानकारी दिए ।

दुर्घटनामा सोहि ठाउँका भजन सुनार गम्भिर घाइते भएका छन । उनको  नेपालगञ्जमा उपचार भईरहेको छ ।  

पश्चितमबाट पूर्वतर्फ गइरहेको से ६ प ५२२९ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आइरहेको बा १८ च ८७१५ नम्बरको जीप एक आपसमा ठोकिदा दुर्घटना भएको थियो । 

जीप चालक घोडाघोडी नगरपालिका वडा नम्बर ३ जुरपानीका वीरबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।