विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाइनेः मन्त्री बोहरा

विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाइनेः मन्त्री बोहरा

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले सङ्घीयता कार्यान्वयनको चरणमा भएकाले विकासले गति पाउन नसकेको बताउनुभएको छ ।

कञ्चनपुरको भीमदत्तनगरस्थित गण्डकी विकास बैंकको उद्घाटन गर्दै उहाँले सङ्घीय सरकारका कारण बजेट कार्यान्वयनमा केहि ढिलाइ भएपनि अब जनभावनाअनुसार विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो ।

मन्त्री बोहराले सुदूरपश्चिम प्रदेशमा स्वरोजगार विकास कोष स्थापना हुन लागेको जानकारी दिदैं “कोष स्थापनापछि सहजरुपमा कर्जा प्रवाह हुन्छ र मापदण्डअनुसार योग्य व्यक्तिलाई सहुलियत दरमा कर्जा दिइनेछ भन्नुभयो ।”बैंकले ६८ औँ शाखाका रुपमा आजदेखि भीमदत्तनगरमा सेवा शुरु गरेको जनाएको छ ।