सांसदलाई प्रदेश पूर्वाधार विकाश कार्यक्रमको २ करोड खर्च गर्ने बाटो खुल्ला

सांसदलाई प्रदेश पूर्वाधार विकाश कार्यक्रमको २ करोड खर्च गर्ने बाटो खुल्ला

धनगढी : विहिवार बसेको मन्त्री परिषद बैठकले प्रदेश पूर्वाधार विकाश कार्यक्रम सञ्चालन निर्देशिका स्वीकृत गरेको छ । 

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७५÷७६ का लागि ल्याएको बजेटमा प्रदेश पूर्वाधार कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेको थियो । 

जसअन्तर्गत प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रमा २ करोड रुपैया विनियोजन गरिएको छ । प्रदेश पूर्वाधार विकाश कार्यक्रम सञ्चालन निर्देशिका नहुदा प्रदेश सांसदले पूर्वाधारण विकाश कार्यक्रमको बजेट खर्च गर्न सकेका थिएनन । 

निर्देशिका स्वीकृत भएसगै अव सांसदले आफनो निर्वाचन क्षेत्रमा २ करोडका योजना सञ्चालन गर्ने बाटो खुलेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री शाहले जानकारी दिए । 

उक्त कार्यक्रम प्रदेशसभाका प्रत्यक्ष निर्वाचित सदस्य संयोजक रहने गरि सम्बन्धित निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य र स्थानीय तहको प्रशासकिय अधिकृत रहेको समितिले छनौट तथा अनुगमन गर्ने गरि सञ्चालन गरिने छ । 

यस कार्यक्रम अन्तर्गत न्यूनतम १५ लाख भन्दा सानो रकमको कार्यक्रम सञ्चालन नगरिने बताईएको छ । 

यस्तै, मन्त्रीपरिषद बैठकले सुदूरपश्चिम प्रदेशका सार्वजनिक निकायका बैठक तथा कार्यक्रम सञ्चालन निर्देशिका र कृषि आयआर्जन तथा उत्पादनमुलक कार्यका लागि सहकारीलाई अनुदान दिने सम्बन्धि कार्यविधि पनि स्वीकृत गरेको छ ।