धनगढी : नेपाल आइडलको ‘टप फोर’मा पुग्न सफर रवि ओडले आज फाइनलका लागि प्रस्तुति दिने भएकाले सबैले भोट गरिदिन अनुरोध गरेका छन् । आफ्नो फेसबुक पेजमार्फत रविले आफूलाई अत्यधिक भोट गर्न अपिल गरेका हुन् ।
आज आइडलमा बाँकि रहेका चार प्रतिस्पर्धीले नै उपाधिका लागि प्रस्तुति दिने छन् । रवि ओड, सुमित पाठक, अस्मिता अधिकार र बिक्रम बराल आइडलमा बाँकी छन् ।
रबिलाई भोट गर्न मोबाइलको Message Box मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ । भोटिङ बिहीबार राति ८ः३० बजेबाट खुल्ला हुने छ र शुक्रबार बिहान १२ बजेसम्म गर्न सकिने छ। देश तथा विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरेर पनि उनको कोडमा गई भोट गर्न सकिन्छ ।