कैलालीका तीन र कञ्चनपुरको एक नगरपालिका समेट्दै महानगर बनाउने नेकपाका नेता भट्टको प्रस्ताव

कैलालीका तीन र कञ्चनपुरको एक नगरपालिका समेट्दै महानगर बनाउने नेकपाका नेता भट्टको प्रस्ताव

धनगढी : नेकपाका स्थायी  समिति सदस्य लेखराज भट्टले कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी र गौरीगंगा नगरपालिका र कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई मिलाएर महानगरपालिका बनाउन प्रस्ताव गर्नुभएको छ ।

बुधवार अत्तरियामा  आयोजित एक कार्यक्रममा बोल्दै भट्टले यस्तो नयाँ प्रस्ताब गर्नु भएको हो । प्रदेशको राजभानी गोदावरी तोकिएपछि बढिरहेको विवाद अनावश्य भएको भन्दै उहाँले यी चार स्थानीय तहलाई मिलाएर ठूलो महानगर बनाउने तर्फ सोच्नुपर्ने बताउनुभयो ।

जनसंख्याबो बढुदो दर संगै प्रदेशको राजधानीसित जोडिएका सबै नगरपालिका गाभेर महानगर बनाउन सकिने उहाँले बताउनुभएको छ । शहरी सुविधाहरु बढेपछि महानगर बनाउनुपर्ने स्थिति आइरहेकोले छलफलका लागि आफुले यो प्रस्ताव पेश गरेको उहाँले बताउनुभयो ।

कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित संघिय सांसद समेत रहेका भट्टले अब विकास गतिबिधिमा प्रदेश सरकार र केन्द्र सरकारको गति बढ्ने दाबी गर्नुभयो ।