कैलालीको जोशीपुर गाउँपालिकाका अधिकृत बलात्कारको आरोपमा पक्राउ

कैलालीको जोशीपुर गाउँपालिकाका अधिकृत बलात्कारको आरोपमा पक्राउ

धनगढीः कैलालीको जोशीपुर गाउँपालिकाका अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन ।

पटक पटक बलात्कार गरेको भन्दै मुद्दा दर्ता भएपछि जोशीपुर गाउँपालिकाका अधिकृत भानुभक्त उपाध्यायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत भाद्र देखि विभिन्न डरधम्की दिदै पटक पटक आफ्नै कर्मचारी बलात्कारको आरोपमा उपाध्यायलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

आफुलाई विभिन्न डरधम्की देखाउदै बलात्कार गरेको भन्दै महिलाले आज उजुरी दिएपछि उपाध्यायलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए । उनले पक्राउ परेका उपाध्यायलाई थुनामा राखि थप अनुसन्धान भैरहेको बताए ।