साराको मायाको पासोमा को फस्यो ?

साराको मायाको पासोमा को फस्यो  ?

नायिका सारा सिर्पाली र मोडल सुनिल क्षेत्रीको अभिनय रहेको ‘मायाको पासो’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

दिपक कुमार र मेलिना राइको स्वर रहेको यो गीतमा नेत्र काफ्लेको संगीत छ । भिडियोलाई सुनिल न्यूरेले निर्देशन गरेका हुन् । भिडियोमा निराजन र यूमीको कोरियोग्राफी, बिशु न्यौपानेको छायांकन, विकास ज्ञवालीको सम्पादन छ ।

भिडियोमा सुनिल र साराको साथमा नेपाली ठिटोजको अभिनय छ । भिडियोमा सुनिल नेताको भूमिकामा देखिएका छन् ।