अशोक दर्जीको पहिलो स्टेज कार्यक्रम भव्य, खेलकुद मन्त्रीले गरे सम्मान

अशोक दर्जीको पहिलो स्टेज कार्यक्रम भव्य, खेलकुद मन्त्रीले गरे सम्मान

काठमाडौं  : फरक किसिमको गायनकला भएका अशोक दर्जीको पहिलो स्टेज कार्यक्रम सम्पन्न भएको छ । 

‘मन बिनाको धन ठूलो कि धनबिनाको मन’ बोलको गीत गाएपछि धेरै ठाउँमा उनको माग आउन थालेको छ । यसैबीच बुधबार लगनखेलमा रहेको आर्मी ग्राउण्डमा अशोक र गायक तथा संगीतकार टंक बुढाथोकीले लाइभ प्रस्तुति दिएका थिए । 

दशौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा प्रस्तुति दिन गएका अशोक र टंकलाई खेलकुदमन्त्री जगत विश्वकर्माले नियालिरहेका थिए । उनले सानै उमेरमा यति ठूलो कला भएको भन्दै पशंसासमेत गरेका थिए ।

साथै उनले प्रस्तुति दिइसकेपछि अशोक र टंकलाई मायाको चिनो दिँदै सम्मान गरे । सातै प्रदेशबाट आएका विभिन्न विद्यालयका खेलाडीहरुले अशोकले गीत गाउन थालेपछि अशोक–अशोक भन्दै हुटिङ गरिरहेका थिए ।