कञ्चनपुर : सशस्त्र प्रहरी बलले कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीबाट नम्बर प्लेट नभएका चार भारतीय ट्याक्टर नियन्त्रणमा लिएको छ ।
मंगलबार उखु बोकेर नेपाल आएका चार भारतीय टेक्टर सशस्त्र प्रहरी बल गण नम्बर ३५ सीमा सुरक्षा बेस बेलौरीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी निरीक्षक माधव जोशीको कमाण्ड खटिएको टोलीले भन्सार नकाटेका उक्त टेक्टर नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति विनोदराज श्रेष्ठले भारतबाट नेपालतर्फ उखु बोकेरको नम्बर प्लेट नभएको टेक्टर नियन्त्रणमा लिएको बताए । उनका अनुसार ३ सय ८० क्विन्टल उखु बरामद गरेको छ । बरामद गरिएका उखु र टेक्टर सशस्त्र प्रहरीले भन्सार चलान गरेको छ ।