आयातको दाजोमा तिन प्रतिशत मात्र निर्यात

आयातको दाजोमा तिन प्रतिशत मात्र निर्यात

धनगढी : कैलाली भन्सार नाकाबाट चालू आर्थिक बर्षको पहिलो चार महिनामा झण्डै सात अर्ब रुपैया बराबरको बस्तु आयात हुँदा निर्यातको अंश भने न्यून रहेको छ । आयातमा खर्च भएको रकमको तुलनामा निर्यातबाट अत्यन्तै थोरै रकम प्राप्त भएको छ ।

आयातमा लागेको रकमको तीन प्रतिशत मात्रै निर्यातबाट प्राप्त भएको छ । दैनिक उपभोग्य बस्तु संगै निर्माण सामग्री र सजावटका सामग्री लगायतका बस्तु  चालू आर्थिक बर्षको पहिलो चार महिनामा ६ अर्ब ६७ करोड ७३ लाख रुपैया बराबरको आयात भएको कैलाली जिल्ला भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।

तर आयातको दाँजोमा निर्यात भने न्ूयन छ । चालू आर्थिक बर्षको यस अवधिमा जम्मा २१ करोड २६ लाख ८२ हजार ९ सय ४० रुपैया बराबरको निर्यात भएको छ । कैलाली भन्सार कार्यालयका सूचना अधिकारी गोपीकृष्ण उप्रेतीका अनुसार निर्यातबाट चार दाख ३६ हजार रुपैया राजश्व संकलन भएको छ ।

निर्यात हुने बस्तुमा खोटो, खयर कछ र खयर कथ्था रहेका छन् । यस्तै थोरै मात्रामा टेलिफोनका सेट र फ्याक्स मेसिन रहेका छन् ।