टीकापुरमा रानीजमराले बनाएको तटबन्ध कमजोर

टीकापुरमा रानीजमराले बनाएको तटबन्ध कमजोर

कैलाली : साउन अन्तिम साता कर्णाली नदीमा आएको बाढीले टीकापुर नगरपालिका ५ शाहीपुरको तटबन्ध भत्कायो। कर्णाली नदी नियन्त्रण परियोजनाले निर्माण गरेको उक्त तटबन्ध निर्माणको तीन वर्ष नपुग्दै भत्किएको हो।

साउनको अन्तिममै टीकापुर नगरपालिका २ सनकट्टी घाटमा पनि कर्णाली नदीले परियोजनाले बनाएको तटबन्ध भत्कायो। असारको मध्यतिर वर्षा नलाग्दै भजनी नगरपालिका ८ सोनाफाँटास्थित पथरैया नदीमा निर्माण सम्पन्न नहुँदै तटबन्ध पनि भाँसियो। 

यी त कर्णाली नदी नियन्त्रण परियोजनाले बनाएका तडबन्ध हुन्। अझ राष्ट्रिय गौरबको आयोजना रानीजमरा कुलरिया सिचाईं आयोजनाले आफ्नो प्रभावित क्षेत्रको जग्गा संरक्षण कार्यक्रमअन्तर्गत निर्माण गरेका तटबन्धको संरचना पनि कमजोर छन्। 

आयोजनाले हालसम्म नेपाल सरकारको बजेटबाट २५ किलोमिटर क्षेत्रमा तटबन्ध बनाएको छ। त्यस्तै विश्व बैंकको सहयोगमा २३ किलोमिटर तटबन्धको काम सम्पन्न गरिसकेको छ। आयोजना सुरु भएको वर्षदेखि हालसम्म विभिन्न ३२ वटा ब्लक  मा तटबन्ध गरिएको छ। 

आयोजनाले तटबन्धका लागि १ अर्ब ३६ करोड रुपैयाँ खर्च गरेको जनाएको छ। अर्बौं रकम खर्चेर बनाइएका तटबन्ध भत्किने अवस्थामा पुगेपछि स्थानीयबासीले तटबन्ध गुणस्तरीय नभएको आरोप लगाएका छन्। 

कतिपय स्थानमा नदी किनारमा फराकिलो फाउण्डेसन नबनाउँदै तटबन्धको ड्याम बनाइएपछि तटबन्ध भत्किने खतरा बढेको हो। कर्णाली नदीको शाहीपुरमा साउन अन्तिम साता भत्किएको तटबन्ध नदीमा फाउण्डेसन नबनाइएका कारण भत्किएको स्थानीय पूर्णबहादुर साउँदले बताए। 

कर्णाली नदीले पश्चिमतर्फ धार परिवर्तन गरेका कारण समस्या भएको बताउँदै रानाले नदी किनारमा १५ मिटरको लञ्चिङ्ग सहित तटबन्ध निर्माण गरिने बताए। आयोजनाले कर्णाली नदीको सनकट्टी र दौलतपुर घाटमा तटबन्ध निर्माणको काम गरिरहेको जनाएको छ।