नवजीवन सहकारी सस्थाले एटीएम सेवा सुचारु गर्ने

नवजीवन सहकारी सस्थाले एटीएम सेवा सुचारु गर्ने

धनगढी : धनगढीमा रहेको नवजीवन सहकारी सस्था लिमिटेडले एटीएमले सेवा सुचारु गर्ने भएको छ ।

स्थापनाको २५ औ वर्ष पुरा गरि २६ औ वर्षमा प्रवेश गरेको अवसरमा सहकारी सस्थाले एटीएम सेवा सुचारु गर्ने भएको हो । उक्त सेवा सुदूरपश्चिममै सहकारी सस्थाले गर्न लागेकोमा पहिलो हो । 

मंसिर २८ गते धनगढीको ओम प्यालेसमा हुने सस्थाको २६ औ साधारण सभाको बारेमा जानकारी दिन आयोजित कार्यक्रममा उक्त कुराको जानकारी दिईएको हो । 

सस्थाका उपाध्यक्ष डा. गोविन्द जोशीले अवको केहीदिनमै एटीएम सेवा सुचारु गरिने जानकारी दिनुभयो। उहाँले सहकारी मार्फत अत्याधुनिक र्बैकिङ सेवा दिने प्रयास अन्तर्गत एटीएम सेवा सुचारु गर्न लागिएको बताउनुभयो । 

उहाँका अनुसार नवजीवन सहकारीको सस्थाको एटीएमले अन्य बैकबाट पनि पैसा झिक्न मिल्ने छ । सस्थाका अध्यक्ष चक्र बहादुर बमले इ–बैकिङ, लघुविक्त कार्यक्रम, शाखा विस्तार गर्ने लगायतका कार्य भईरहेको बताउनुभयो । 

त्यस्तै, कोल्ड स्टोर समेत स्थापनाका लागि छलफल भईरहेको उहाँले जानकारी दिनुभयो । मंसिर २८ गते धनगढीको ओम प्यालेसमा हुने सस्थाको २६ औ साधारण सभालाई प्रतिनिधिसभा सदस्य नारदमुनी रानाले उद्घाटन गर्ने बताईएको छ ।