सशस्त्र प्रहरीद्वारा अबैध समान बरामद

सशस्त्र प्रहरीद्वारा अबैध समान बरामद

धनगढी : सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर राजश्व तथा भन्सार शुरक्षा कैलाली ५३ नम्बर गुल्मले ९० हजार भन्दा बढी बराबरको अबैध समान बरामद गरेको छ ।

भरतबाट अबैध रुपमा नेपाल भित्र्याइरहेको अवस्थामा सो समान बरामद गरेको हो । गुलमका प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक देब बहादुर चन्दको कमाण्डमा खटिएको टोलीले धनगढी उपमहानगरपालीका वार्ड नंं.२ बाट  बेवारिसे अवस्थामा छोडिएको ९० हजार ६ सय ७५ रुपैयाँ बराबरको किराना समान,कस्मेटीक,प्लाष्टिक,कपडा बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरिक्षक चन्दले बताउनुभयो ।

मंसिर २६ गते बरामद गरेको सो समान आबश्यक कारबाहीको लागी  कैलाली भन्सार कार्यालयलाई बुझाएको उहाँले बताउनुभयो ।