‘नेपाल आइडल’ को फाइनल यो पटक नेपालमा हुने

‘नेपाल आइडल’ को फाइनल यो पटक नेपालमा हुने

नेपालकै ठुलो सिङगिङ रियालिटी शो ‘नेपाल आईडल’को फाइनल नेपालमा हुने भएको छ ।

गत वर्षको ‘नेपाल आइडल’ सिजन १ को फाइनल कतारमा भएको थियो । सिजन २  पुस ६ गते फाइनल काठमाडौं अथवा पोखरा मध्ये एक ठाउँमा हुने भएको छ।

अन्नपूर्ण मिडिया नेटवर्कका मेनेजिङ डाइरेक्टर लक्ष्मीप्रसाद पौडेलले सिजन २ को फाईनल काठमाडौं र पोखरा मध्ये कुनै एक ठाउँमा हुने बताउनुभयो ।

अहिले उपयुक्त स्थान खोज्ने काम भइरहेको पौडेलको भनाई छ। नेपाल आइडलमा अहिलेसम्म पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा सुदुरपश्चिम रकर्णाली प्रदेशबाट एक्ला प्रतिष्पर्धी रवि ओड गरि चार जना बाँकी छन् ।

रबि दुईटा प्रदेशका एक्ला प्रतिष्पर्धी भएकाले पनि अधिक भोट पाउने सम्भाबन रहेको छ । 

यस अघी विक्रम र सुमित गोल्डेन माइक पाएका प्रतिस्पर्धी हुन् । गोल्डेन माइक पाउने पोखराकी निलिमा थापा मगर र चितवनका मीनराज पौडेल प्रतिस्पर्धाबाट बाहिरिसकेका छन् ।

‘नेपाल आइडल’को निर्णायकका रुपमा न्युह् बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी छन् । सिजन वनमा गाला राउण्डमा पुगिसकेपछि दर्शकको भोटका आधारमा प्रतिस्पर्धीको निर्णय गरिएको थियो । तर, यो सिजनमा भने परिमार्जन गरेर गाला राउण्डमा पनि निर्णायकमा ५० प्रतिशत अधिकार राखिएको छ ।

‘नेपाल आइडल’ सिजन–२ का विजेताले २० लाख नगद, एउटा होन्डा डब्लूआर–भी कार, एउटा गीति एल्बमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एल्बमको सम्झौता र वल्र्ड टुर मध्ये एक रोज्न पाउने छन् ।