आकाश श्रेष्ठ र साराको रोमान्स (भिडियो सहित)

आकाश श्रेष्ठ र साराको रोमान्स (भिडियो सहित)

काठमाण्डौ : शिव परियारको आवाजमा रहेको अर्को गीतले बजार तताउन थालेको छ ।

नायक आकाश श्रेष्ठ र नायिका सारा सिरपालीको रोमान्सले भरिएको गीत रात पनि दिन हुन्थ्यो, जीवन स्वर्ग झै लाग्थ्यो  बोलको गीतलाई गीतकार दुर्गाप्रधानले लेखेकी हुन् भने अहिलेका व्यास्त संगीतकार बिनोद पछाईले संगीत भरेका हुन् ।

संगीतकार पछाईका गीतहरु निकै उत्कृष्ट हुन्छन् । दुर्गा प्रधानको पहिलो एल्वम वन्ली फर यु को यो गीतलाई अहिले धेरैले मनपराएका छन् । यस गीतको भिडियो लाई निर्देशक निशान कास्यपले निर्देशन गरेका हुन् भने  बिकास दहालले सम्पादन गरेका हुन् ।

यस गीतको पुरै टिमले निकै मिहिनेत गरेको देखिन्छ । शब्द, स्वर, संगीत अनि भिडियोको राम्रो संयोजन छ । संगीतकार पछाईले पनि यस गीतमा आफुले धेरै मेहेनत गरेको बताएका छन् ।

म्युजिक भिडियोमा सारा र आकाशको जोडदार अभिनय रहेको छ । पहिलो पटक सँगै देखिएका यो जोडिलाई धेरैले मनपराएका छन् ।

नवनारी मिडियाको आफ्नै च्यानलमार्फत बजारमा आएको भिडियो, छोटो समयमा धेरै दर्शकले हेरिसकेका छन् ।