अपराधिक घटनाको अनुसन्धानमा विश्वास गुमाउदै प्रहरी

अपराधिक घटनाको अनुसन्धानमा विश्वास गुमाउदै प्रहरी

धनगढी : सुदूरपश्चिममा भएका ठुला अपराधिक घटनाको अनुसन्धानमा प्रहरी असफल भएको छ । नयाँ आउने प्रहरी अधिकारीले घटनाबारे चासो नलिदा मुद्धाको किनारा लाग्नेमा आशंका व्यक्त गरिएको छ । 

कैलाली जिल्लामा भएका दुई घटनामा प्रहरीको अनुसनधान असफल भएको हो । गोदवारी नगरपालिकाको मालाखेतीबाट नबिल बैंकको रकम लुटिएको सोमबार ५ बर्ष पुरा भइसकेको छ । 

तर रकम कसले लुटेको हो भन्ने अmभैंm खुल्न सकेको छैन् । यसअघि गरिएका थुपै्र अनुसन्धान निष्कर्ष विहिन छन । ५ वर्षअघि नबिल बैंकको महेन्द्रनगर शाखाबाट धनगढीस्थित नेपाल राष्ट्र बैंक कार्यालयमा जम्मा गर्नका लागि ल्याउन लागिएको २ करोड ३० लाख ६० हजार रुपैया ट्राफिकको पोसाकमा रहेका लुटेराले फिल्मी शैलीमा कैलालीको साबिकको मालाखेती– ३, चौकीडाँडा सामुदायिक वनको जङगलबाट जिप नियन्त्रणमा लिएर लुटेका थिए । 

फायल फोटो नविल बैक लुटपाट

गाडीमा नबिल बैंकको काठमाडौं कार्यालयबाट केही दिनका लागि आएका अडिटर शुक्रराज भट्टराई, क्यासियर सत्यमान तामाङ, गार्ड गंगादत्त भट्ट र चालक दिलबहादुर चन्द थिए । उनीहरु लगायत केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएपछि केही प्रमाण नभेटाउँदा प्रहरीले छाडेको थियो । 

घटना सम्बन्धमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरा सिआईविको टोलीले समेत छानविन गरेपनि कुनै परिणाम दिन सकेको सकेन । सोही घटनामा पोलिग्राफ (साचो झुटा बोलेको जाच गर्ने मेसिन) को प्रयोग गरिएपनि अनुसन्धान सफल हुन सकेको थिएन । 

सरुवा भइ आउने हरेक प्रहरी अधिकारीले यो घटनामा अनुसन्धान गर्ने बताउने गरेका थिए । यो घटनापछि पाँच जना डिआइजीले यो प्रदेशको प्रहरीको नेतृत्व सम्हालेका छन् भने दुई जना एआइजीले पनि छोटो अवधिका लागि नेतृत्व सम्हालेका छन् । यो घटना हुँदा नेतृत्वमा रहेका केही प्रहरी अधिकारी सेवा निबृत समेत भइसकेका छन् । 

हाल यी दुबै घटनामा प्रहरीले अनुसन्धान नै बन्द गरिसकेको प्रहरी स्रोतले बताएको छ ।

पुरानो घटना भएका कारण अनुसन्धान कहाँ पुगेको छ भन्ने नै आफुलाई जानकारी नभएको सुदूरपश्चिम प्रदेशका डिआइजी सुरज केसीले बताउनुभएको छ । नबिल बैंक लुटपाट प्रकरण जस्तै प्रहरी अनुसन्धान सफल नभएके अर्को घटना ओमप्रकाश पन्त हत्या प्रकरण हो । 

फायल फोटो हत्या गरिएका ओमप्रकाश पन्त

छ वर्षअघि धनगढी –४ उत्तरबेहडीका पन्तको तारानगरमा बिभत्स हत्या भएको थियो ।  ओम प्रकाशको हत्या भएको ६ वर्ष पुरा भएपनि अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन् । यस प्रकरणमा पनि जिल्ला प्रहरी कार्यालय, कैलालीको टोली संगै  सिआईवीदेखि उच्च स्तरीय छानविन टोली समेत गठन भएपनि अनुसन्धानमा कुनै सफलताप्राप्त हुन सकेको छैन् । यो घटना भएपछि कैलालीमा प्रहरी उपरिक्षकका रुपमा ८ जना प्रहरी अधिकारीहरुले काम गरिसकेका छन् । 

हाल यी दुबै घटनामा प्रहरीले अनुसन्धान नै बन्द गरिसकेको प्रहरी स्रोतले बताएको छ । घटनापछि सुदूरपश्चिम आउने प्रत्येक प्रहरी महानिरीक्षकदेखि यस क्षेत्रका डिआईजी, एआईजी, एसपी लगायतले यसअघि घटेका ठुला अपराधिक घटनाको छानविन थाल्ने आश्वासन भने दिएका थिए ।

तर, ठुला अपराधिक घटनाको छानविन थाल्ने आश्वासन दिएका प्रहरी अधिकारीले घटनामा चासो नदिदा पीडित पक्षले समेत न्याय पाइने आशा मारिसकेको छ । पछिल्लो समय नयाँ आएका प्रहरी अधिकारीले त पुराना घटना बारे जानकारी समेत लिन छाडेका छन । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख सुरज केसीले घटना पुरानो भएका कारण आफुले यसबारे अध्ययन नगरेका कारण केही जानकारी नभएको बताए । 

कैलालीमा नयाँ आउनुभएका प्रमुख प्रहरी उपरिक्षक आभूषण तिमिल्सेनाले पनि ओम प्रकाश पन्त प्रकरण र नविल बैक लुटपाट घटनाबारे अनविज्ञता जनाएका छन । उनले केही दिनमा घटनाबारे जानकारी लिने बताए ।  

यसले पनि प्रदेश र जिल्लामा नया आउने प्रहरी अधिकारीले पुराना घटनाको अनुसन्धानमा ध्यान नदिएको प्रष्ट पारिदिएको छ । यसैबीच धनगढीको तारानगरमा ६ बर्ष अघि मारिएका ओमप्रकाश पन्तका आफन्तले घटनाको अनुसन्धानमा प्रहरीले चासो नदिएको गुनासो गरेका छन । 

ओमप्रकाशका वुवा श्रीकृष्ण पन्तले हत्याराको खोजि गरि कार्वाहीका लागि बिभिन्न निकायमा आग्रह गरे पनि ६ बर्ष पुग्दा समेत सम्बन्धित निकायले कुनै पनि चासो नदिएको मंगलवार धनगढीमा पत्रकार सम्मेलन गर्दै गुनासो गरे । 

तत्कालीन समयमा प्रहरी कन्ट्रोलको १०० नम्बरमा फोन गर्दा पनि प्रहरीले वेवास्ता गर्नु कहाँसम्मको न्याय हो भन्दै प्रारम्भिक अनुसन्धान कर्ताहरुले फितलो रुपमा अनुसन्धान गरेको उनको आरोप थियो ।

पोष्टमार्टम रिपोर्ट अनुसार ओमप्रकाशको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको खुलेको थियो । हत्यारालाई कानुनी कठ्घरामा पु¥याउन नसक्दा परिवारको नै बिचल्ली भएको पन्तको गुनासो छ ।