स्वतन्त्र विद्यार्थी युनियनको पहलमा एक विद्यार्थी एक खाता कार्यक्रम सञ्चालन

स्वतन्त्र विद्यार्थी युनियनको पहलमा  एक विद्यार्थी एक खाता कार्यक्रम सञ्चालन

धनगढी : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कैलाली वहुमुखी क्याम्पसको पहलमा एक विद्यार्थी एक खाता कार्यक्रम सञ्चालन गरीएको छ ।

विद्यार्थीलाई क्याम्पस हाता भित्रै वैंकिङ सेवा दिलाउने उद्देश्यले कृषी विकास वैंक क्याम्पस रोड शाखाको सहयोग र कैलाली बहुमुखी क्याम्पसको सहकार्यमा कार्यक्रम सुरु गरीएको हो ।

एक विद्यार्थी एक खाता कार्यक्रम स्नातक तहका सम्पुर्ण संकायका विद्यार्थीको हितका लागी अभियान सञ्चालन गरीएको स्ववियु सदस्य ललीत ओझाले वताउनुभयो ।

क्याम्पसमा अध्यननरत विद्यार्थीहरुले अन्य वंैंकहरुमा गएर सास्ती भोग्नु नपरोस भन्ने उद्देश्यले आफ्नो वैकिङ कारोवारहरु क्याम्पस वाटै गर्न सजिलो हुने उहाँले वताउनुभयो ।

टाढा टाढा बाट यस क्याम्पसमा पढ्न आउने गरेकाले थोरै पैसा भएपनि बचत गर्दा विद्यार्थीलाई नै सहज हुने भएकाले निःशुल्कमा खाला खोलिदिन सबैमा आर्गह गनुभयो ।