जोनापुरमा ठुलो धनराशिको फुटबल प्रतियोगिता हुदै

जोनापुरमा ठुलो धनराशिको फुटबल प्रतियोगिता हुदै

धनगढी : फुटबलको उर्बरभुमिका रुपमा चिनिने गोदावरी नगरपालीकाको वडा नम्बर ८ जोनापुरमा ठुलो धनरासिको फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । 

स्थानिय मदरल्याण्ड युथ क्लबले प्रथम पुरस्कार दुइ लाख रहने गरी मदरल्याण्ड युथ कप २०७५ को आयोजना गर्न लागेको हो । मंसिर २९ देखि पुष ७ गते सम्म सञ्चालन हुने प्रतियोगितामा स्थानिय स्तरका १६ टोलीको सहभागिता रहने आयोजक क्लबले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । 

प्रथम पुरस्कार नगद २ लाख रहेको प्रतियोगिताको उप बिजेताले १ लाख पुरस्कार पाउने प्रतियोगिताका संयोजक गोपाल चौधरीले जानकारी दिनुभयो । 

प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाइ पनि पुरस्कारको ब्यबस्था गरीएको क्लबका अध्यक्ष श्रबण चौधरीले जानकारी दिनुभयो । 

हाम्रो गोल, सामाजिक बिकृति बिरुद्धको गोल भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिताका सबै खेलहरु आयोजक मदरल्याण्ड युबा क्लबको खेल मैदानमै खेलाइने छन ।