सय कडा १० माघको १८ गते देशैभरी प्रदर्शन हुने

सय कडा १० माघको १८ गते देशैभरी प्रदर्शन हुने

धनगढी : मुलुकमा समस्याका रुपमा देखिएको भ्रष्टाचारलाई मुख्य बिषयबस्तु बनाएर बनाइएको चलचित्र सय कडा १० माघको १८ गते देशैभरी एकैसाथ प्रदर्शन हुने भएको छ । 

दर्शन सिनेमा प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको ब्यवस्थापन टीमले सोमवार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सिनेमाको बिषयबस्तु र प्रदर्शन हुने दिनका बारेमा जानकारी गराएको हो।

सिनेमाका निर्देशक रामशरण पाठकले देशलाई हित हुने बिषयबस्तुमा आफूले सिनेमा निर्माण गरिरहेको र सय कडा १० त्यसैमध्येको एक भएको बताउनुभयो । उहाँले सिनेमाले भ्रष्टाचार गरिरहेको एक जना ब्यक्तिको मनोदशालाई बालेको बताउनुभयो । 

सिनेमामा राजाराम पौडेलले भ्रष्टाचारीको भूमिका निभाएको र पहिलोपटक सिनेमामा देखिनलाग्नुभएका चर्चित हास्यकलाकार मनोज गजुरेलले सदाचारीको भूमिका निभाएको निर्देशक पाठकले जानकारी दिनुभयो । 

सिनेमाको कथा समेत लेखेका पाठकले भ्रष्टाचार संगै प्रेम कथा पनि सिनेमामा रहेको बताउनुभयो ।