धनगढी : कैलालीकी एक महिलाले तिम्ल्याहा सन्तान जन्माएकी छन । कैलालीको गौरीगंगा नगरपालिका–३ का लोकराज जोशीकी २७ वर्षीया पत्नी निर्मला जोशीले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन् ।
सेती अञ्चल अस्पतालका अनुसार निर्मलाले सोमवार विहान आधा आधा घन्टाको फरकमा दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन ।
तिनवटै नवजात शिशु र आमाको स्वाथ्य अवस्था सामान्य रहेको भएपनि शिशुको तौल कम रहेका कारण तीनवटै शिशुलाई एनआईसियुमा राखिएको छ ।