मन्त्री विना मगरले वाँडीन महिला समूहलाई कुखुराका चल्ला

मन्त्री विना मगरले वाँडीन महिला समूहलाई कुखुराका चल्ला

कञ्चनपुर : नेपाल सरकारका खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरमा रहेका विभिन्न महिला समुहहरुलाई कुखुराका चल्ला वितरण गर्नु भएको छ ।

कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रमा रहेका १ सय २० वटा महिला समुहलाई  १२ हजार कुखुराका चल्ला वितरण गरिएको हो ।

प्रज्ञा स्मृति प्रतिष्ठानले आइतबार बेलौरी उद्योग बाणिज्य संघको सभाहलमा आयोजना गरेको कार्यक्रममा मन्त्री बिना मगरले प्रगतिशील महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले  कुखुराका चल्ला वितरण गरिएको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चनपुर क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहनु भएका खानेपानी मन्त्री बिना मगरले महिलाहरुलाई आत्मनिर्भर बनाइ आयआर्जनमा जोड दिन सबै लाग्नु पर्ने बताउनुभयो ।