मोटरसाइकल सिक्दा यी कुरामा ध्यान दिऔँ

मोटरसाइकल सिक्दा यी कुरामा ध्यान दिऔँ

१- तपाईं मोटरसाइकल सिक्न चाहनुहुन्छ भने मानसिक रूपमा पनि त्यसका लागि तयार हुन जरुरी छ। तसर्थ, म सिक्न सक्छु भन्ने  मानसिकता बनाउनुहोस् ।

२- तपाईं २० हर्सपावरको मोटरसाइकल पनि थाम्न सकिरहनुभएको छैन भने एक सय हर्सपावरको सिक्ने प्रयत्न कदापि नगर्नुहोला । सानो डिस्प्लेसमेन्ट भएको हल्का किसिमको मोटरसाइकल नियन्त्रण गर्न सजिलो हुन्छ ।

३- हेल्मेटलगायतका सुरक्षा सामग्री लगाएर मात्र मोटरसाइकल सिक्न अग्रसर हुनुहोस् । बाक्लो ट्राउजर र जुत्तासहित शरीरको माथिल्लो भाग पनि ढाक्ने किसिमका लुगा लगाउनुहोस् ।

४- सुरुमा खाली मैदान र पछि कम भिडभाड भएका ठाउँमा मात्र चलाउनुहोस् ।
सुरुमै भिडभाडमा चलाउँदा धेरै किसिमका खतरा आउँछन् ।