प्रदेश ७ लार्इ दोस्रो कम बजेट, कुन प्रदेशलार्इ कति बजेट?

प्रदेश ७ लार्इ दोस्रो कम बजेट, कुन प्रदेशलार्इ कति बजेट?

सरकारले मंगलबार अागामी अार्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्यो। अर्थमन्त्री डा.युवराज खतिवडाले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को बजेट १३ खर्ब १५ अर्ब १६ करोड १७ लाखको रहेको छ। 

चुनाव हुदैँ प्रदेश सरकारहरु गठन भएपछि अाएको पहिलो बजेटमा पनि केन्द्र सरकारले प्रदेश नम्बर ७ मा हेपाहा प्रवृतिलार्इ निरन्तरता दिएको छ। 

सरकारले ७ वटा प्रदेशलार्इ छुटाएको बजेट मध्ये सबैभन्दा कम बजेट प्रदेश ७ का लागि छुट्याएको छ। अन्य प्रदेश भन्दा विकासमा पछि पारिएको यस क्षेत्रको विकासमा सरकारले देखाएको उदासिनताबारे प्रदेश सरकार र स्थानिय नेताहरुले पनि अाधिकारिक अावाज उठाएका छैनन्।

मंगलबार जारी बजेटमा प्रदेश १ ले सबैभन्दा बढी बजेट पाएको छ भने सबैभन्दा कम बजेट पाउने प्रदेशको दोस्रो नम्बरमा ७ रहेको छ। हेर्नुहोस कुन प्रदेशले कति बजेट पाए:

प्रदेश १: १९ अर्ब ८८ करोड

प्रदेश २: १६ अर्ब १९ करोड

प्रदेश ३: १९ अर्ब ५८ करोड 

प्रदेश ४: १३ अर्ब २७ करोड

प्रदेश ५: १६ अर्ब ५४ करोड

प्रदेश ६: १६ अर्ब ६९ करोड

प्रदेश ७: १४ अर्ब २५ करोड