सुनका पारखी प्रदेश मन्त्रीहरु, को सँग कति सुन?

सुनका पारखी प्रदेश मन्त्रीहरु, को सँग कति सुन?

प्रदेश नम्वर ७ का मुख्यमन्त्री तथा मन्त्रीहरुले सुनका पारखी देखिएका छन्। मंगलबार अाफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका उनीहरुले अाफ्ना श्रीमती तथा अाफन्तका नाममा सम्पत्ति तथा सुन देखाएका छन्। 

सार्वजनिक सम्पत्ति विवरण अनुसार सवैभन्दा बढी सुन कानुनमन्त्री प्रकाश शाहसँग देखिन्छ। उनले अाफ्नो सम्पत्ति विवरणमा ५२ तोला सुन भएको उल्लेख गरेका छन्। यस्तै दोस्रो स्थानमा अर्थमन्त्री झपट बोहरा छन्। उनले अाफ्नो सम्पत्ति विवरणमा ४० तोला सुन उल्लेख गरेका छन्। 

यस्तै, बनमन्त्री माया भट्टसँग १५,  सहकारी मन्त्री विनिता चौधरीसँग ७,  सामाजिक विकास मन्त्री दीर्घ सोडारीसँग ६, भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरासँग ४ र मुख्यमन्त्री त्रिलोचन भट्टले १ तोला सुन भएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। 

मुख्यमन्त्री त्रिलोचन भट्ट

१ तोला सुन, १५ तोला चाँदी

कानुन मन्त्री प्रकाश शाह

५२ तोला सुन, ५०५ तोला चाँदी

सामाजिक विकास मन्त्री दीर्घ सोडारी

६ तोला सुन, २० तोला चाँदी

भौतिक पुर्वाधार मन्त्री पठानसिंह बोहरा

४ तोला सुन, आधा किलो चाँदी

अर्थमन्त्री झपट बोहरा

४० तोला सुन

वनमन्त्री माया भट्ट

१५ तोला सुन

सहकारी मन्त्री विनिता चौधरी

७ तोला सुन, चादीँ ३५ तोला

सम्बन्धित समाचार: प्रदेश ७ का मन्त्री गरिब, श्रीमती र आफन्त धनी (सूची सहित)