राति भोक लागेमा के खाने ?

राति भोक लागेमा के खाने ?

कहिलेकाहीँ घरमै बसेर अफिसको काम पनि गर्नुपर्ने हुन्छ । यसका लागि प्रायः रातको समय फुर्सदिलो हुन्छ । त्यसैले काम गर्दै रातको समयमा अचानक भोक लाग्न सक्छ ।

यस्तो वेला भोक मेटाउन तपाईंले चकलेट वा स्न्याक्सको सहारा लिइरहनुभएको छ भने गलत गर्नुभएको छ । किनकि, रातको समय अत्यधिक सुगर र क्यालोरीयुक्त स्न्याक्स प्रयोग गर्दा स्वास्थ्यमा खराब असर पर्न सक्छ ।

त्यसैले स्वास्थ्यका लागि यस्तो समयमा फलफूल प्रयोग गर्दा निकै लाभदायक हुन्छ । तपाईंले डिनर गरेको केही समयपछि हरेक दिन फलफूल प्रयोग गर्दा राम्रो हुन्छ ।

सुत्नुअघि फलफूल खाँदा आवश्यक पोषण तत्व प्राप्त गर्न सकिन्छ । फलफूलबाट भिटामिन, मिनरल्स, फाइटोकेमिकल र फाइबरको मात्रा प्राप्त गर्न सकिन्छ । जसले स्वास्थ्यमा सकारात्मक असर पार्छ । अस्वस्थकर चिनी र फ्याटयुक्त स्न्याक्सको प्रयोगले स्वास्थ्यमा हानि पु(याउँछ ।

कति पिउने पानी ?
- दैनिक डेढदेखि साढे दुई लिटरसम्म पानी पिउनुपर्छ । बिहान खाली पेटमा मनतातो पानी पिउनु हाम्रो शरीरका लागि आवश्यक हुन्छ । एकैपटक बढी पानी पिउने गर्नु हुँदैन । यस्तो गर्दा किड्नीमा असर पर्न सक्छ । तर, केही समयको अन्तरालमा पिउनुपर्छ ।

- पानीको कमीले बेहोस भएमा र त्यस्तो अवस्थामा लामो समयसम्म पानीको कमी हुँदा मृत्यु नै हुन सक्छ ।
- शरीरमा पानीको कमी हुँदा छाला सुक्खा हुने समस्या हुन्छ । पानीको कमीले छालासम्बन्धी अन्य रोग पनि देखा पर्छन् । पानीको समस्याले स्किन एलर्जी, छाला रातो हुनेजस्ता समस्या देखा पर्न सक्छ । पानीको कमीले अनुहारमा दाग आउने समस्या पनि हुन्छ ।