एयरपोर्टमा बाजागाजा सहित स्वागत, नगर परिक्रमा गराईयो (भिडियो सहित)

एयरपोर्टमा बाजागाजा सहित स्वागत, नगर परिक्रमा गराईयो (भिडियो सहित)

धनगढी :  नेपाल आइडल सिजन–२ को टप ४ मा पुग्न सफल रवि ओड शनिवार विहान गृह नगर आएका छन । 

बुद्ध एयरको विमानमार्फत धनगढी एयरपोर्ट पुगेका ओडलाई समर्थकले विमानस्थलमा बाजागाजा सहित भव्य स्वागत गरेका छन । 

साथै उनलाई धनगढीमा नगर परिक्रमा गराईएको छ । सो क्रममा उनका समर्थकले मोटरसाईकल ¥यालीको समेत आयोजना गरेका थिए । 

फिनालेका लागि भोट माग्न आएका रविले तिनदनिसम्म विभिन्न कार्यक्रममा उपस्थिति जनाउने छन । शनिवार मात्रै उनले कैलालीको लम्कीमा चलिरहेको लम्की सास्कृतिक महोत्सवमा प्रस्तुति दिनेछन । 
सुरुवाती अवस्थादेखि अब्बल प्रस्तुती दिदै आएका रवि नेपाल आइडलमा सुदूरपश्चिम प्रदेशका एक्ला प्रतिस्पर्धि हुन । 

उनको समर्थनमा सुदूरपश्चिमका विभिन्न जिल्लादेखि काठमाण्डौ र विदेशमा समेत ‘रवि ओड जिताउ अभियान’ समेत सञ्चालन गरिएको छ । 

एयरपोर्टमा पत्रकारसम्म कुरा गर्दै उनले अहिलेसम्म दर्शक–स्रोताले दिएको साथको खुलेर प्रशंसा गरे । उनले फिनालेमा अझै बढी भोटको अपेक्षा गरेको बताए । 

‘यहाँसम्म पु¥याउनु दर्शक–स्रोताको हात छ ।’ उनले भने, ‘अझै बढी भन्दा बढी भोट गरि मलाई विजेता बनाईदिन आग्रह गर्दछु ।’