जिल्ला स्तरीय छनौट प्रतियोगिता सुरु

जिल्ला स्तरीय छनौट प्रतियोगिता सुरु

धनगढी : नेपालगञ्जमा हुने आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कैलाली जिल्ला स्तरीय छनौट प्रतियोगिता सुरु भएको छ ।

जिल्ला खेलकुद विकाश समितिले शुक्रवारदेखि धनगढी रगशालामा छनौट प्रतियोगिता सुरु गरेको हो । 
आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा आफनो स्थान बनाउनका लागि खेलाडी तयारीमा लागेका छन । 

नेपालगञ्जमा हुने आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कैलाली जिल्ला स्तरीय छनौट प्रतियोगिता सुरु भएको हो ।  शुक्रवारदेखि सुरु भएको छनौट प्रतियोगिता २६ गतेसम्म चल्ने छ । 

१५ सय बढी खेलाडी सहभागि छनौट प्रतियोगिताबाट ४ सय खेलाडी सुदूरपश्चिम प्रदेश स्तरीय प्रतियोगिताका लागि छनौट गरिने र त्यसबाट छनौट भएका खेलाडीले नेपालगञ्जमा हुने आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न पाउने कैलाली जिल्ला खेलकुद विकाश समितिका अध्यक्ष दिपक बहदुर सिहले बताउनुभयो । 

क्रिकेट, भलिवल, उसु, एथलेटिक्स, लगायतका खेलका लागि खेलाडी छनौट भईरहेका छन ।जिल्लास्तरीय छनौट प्रतियोगिताबाट  छनौट भएकालाई सुदूरपश्चिम प्रदेश स्तरीय प्रतियोगितामा छनौट भएमात्रै राष्ट्रिय प्रतियोगितामा सहभागि गराईने भएका कारण खेलाडीहरु प्नि निकै उत्साहका साथ खेलमा सहभागि भईरहेका छन । 

छनौट प्रतियोगितामा केही खेलाडी भने यसअघि राष्ट्रिय खेलकुद प्रगियोगितामा मेडल जितेका पनि सहभागि छन । 

ईटहरीमा भएको अघिल्लो सस्करणको राष्ट्रिय प्रतियोगितामा सहभागि टिकापुरकी सिमा चौधरी पनि किनै उत्साहका साथ छनौटमा सहभागि हुनुहुन्छ । 

छनौट प्रतियोगितामा सहभागि अधिकाश खेलाडीले प्रशिक्षक र धेरै तयारी गर्न नपाएको गुनासो गरेका छन ।