हाइवेमा ड्राइभिङ गर्दा यी कुरामा ध्यान दिनुहोस्

हाइवेमा ड्राइभिङ गर्दा यी कुरामा ध्यान दिनुहोस्

सहरिया जीवनबाट दिक्दार भएको मानिसलाई कहिलेकाहीँ ठूला हाइवेमा कार हाक्न पाउँदा मज्जा आउनु स्वाभाविकै हो । मज्जा आउँछ भनेर कतिपयले विनाहोसियारी गाडी चलाइरहेका पनि हुन सक्छन् । यस्तो अवस्थामा दुर्घटना हुने डर उत्तिकैहुन्छ ।

यद्यपि, हाइवेमा कार हाक्दा यी सावधानी अपनाएमा दुर्घटनाबाट बच्न भने सकिन्छ ?

– तपाईं लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ भने बढी थकाइ हुन्छ । यसले गर्दा निद्रा लाग्छ । अनि दुर्घटना   हुन सक्छ । तसर्थ, हाइवेमा गाडी कुदाउँदा आराम गर्दै वा साटो गर्दै कार चलाउनुहोस् ।
– हाइवेमा छिर्नुअघि कारलाई सधैँ गुड कन्डिसनमा राख्नुहोस् । यदि सवारीसाधनमै गडबडी छ भने दुर्घटना निम्तिन सक्छ ।
– हाइवेमा ड्राइभिङ गर्दा कोहीसँग पनि कुरा नगर्नुहोस् । मोबाइल फोन पनि रिसिभ नगर्नुहोस् ।
– मादक पदार्थ वा अन्य नशालु पदार्थ सेवन नगर्नुहोस् । यसले दुर्घटनाको जोखिम सबभन्दा बढाउँछ ।
– बाटो फराकिला छ भन्दैमा गाडी स्पिडमा नचलाउनुहोस् । आफ्नो साइडमा मात्र गाडी चलाउनुहोस् । जथाभावी ओभरटेक नगर्नुहोस् ।