नेपालको नजिक आयो न्यून चापीय रेखा, धेरै स्थानमा भारी वर्षाको सम्भावना

नेपालको नजिक आयो न्यून चापीय रेखा, धेरै स्थानमा भारी वर्षाको सम्भावना

मनसुनको न्यूच चापीय रेखा नेपालतिर नजिक भएको छ। जसले गर्दा आज (मंगलबार) धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

उनका अनुासर यसअघि राति देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भएको थियो भने प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षासमेत भएको थियो।

यस्तै आज दिउँसो पनि देशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यो सम्भावना पूर्वदेखि पश्चिमसम्मै रहेको मौसमविद् पोखरेलले जानकारी दिइन्।

यसैगरी दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। यो भनेको यी हरेक प्रदेशका थोरै(थोरै स्थानमा ठूलो वर्षा हुने सम्भावना हो।