सुदूरपश्चिम मिडिया मिशनले गर्‍यो कर्मचारीको कोरोना बिमा

सुदूरपश्चिम मिडिया मिशनले गर्‍यो कर्मचारीको कोरोना बिमा

धनगढी । सुदूरपश्चिम मिडिया मिशन प्रा.लीले  रेडियो धनगढी र धनगढी खबर अनलाइनमा कार्यरत कर्मचारीको कोरोना बिमा गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै कार्यरत १० जना कर्मचारीको कोरोना विमा गरेको हो ।

कोरोना महामारीको जोखिम मोलेर काम गरिरहेका पत्रकार तथा अन्य कर्मचारीको कोरोना बिमाका लागि आईएमई जनरल ईन्सोरेन्स कम्पनीसँग सम्झौता गरिएको सुदूरपश्चिम मिडिया मिशन प्रा.लीले जनाएको छ ।

रेडियो धनगढीका कार्यकारी निर्देशक हरि जोशीले अग्रपंक्तिमा रहेर जोखिमपूर्ण तरिकाले समाचार संकलन गरिरहेका पत्रकारको व्यक्तिगत सुरक्षाका लागि बिमाको व्यवस्था गरिएको जानकारी दिए । पत्रकारले फिल्डमा खटिएर समाचार संकलन गर्नु पर्ने हुदाँ सम्भावित जोखिम र यसबाट पर्नसक्ने प्रभाबलाई ख्याल गर्दे कोरोना बिमा गरिएको उनले बताए ।

बिमा कम्पनीसँग भएको सम्झौता अनुसार फिल्डमा खटिने कुनै पत्रकारलाई संक्रमण भएमा कम्पनीले १ लाख रुपैयाँ सम्बन्धित पत्रकारलाई उपलब्ध गराउने छ ।