अनलाईन डेलिभरी सेवा आजबाट पुनःसुरु

अनलाईन डेलिभरी सेवा आजबाट पुनःसुरु

 ५ दिनदेखि बन्द रहेको अनलाईन डेलिभरी सेवा आजबाट पुनःसुरु हुने भएको छ।

ई–कमर्श तथा अनलाईन डेलिभरी सेवा संचालकहरुको साझा फोरमले विज्ञप्ती जारी गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जारी गरेको आदेशको बुँदा ६ बमोजिम अत्यावश्यकीय वस्तु वा सेवा अन्तर्गत औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दूध तथा दूग्ध जन्य पदार्थ र प्याकेजिङका सामग्रीहरुको व्यवसाय संचालन गर्न रोक नरहेकाले मंगलवारदेखि अनलाईन डेलिभरी सेवा पुनसुरु गर्ने जनाएको छ।

‘त्यस्तो अत्यावश्यक वस्तुको ढुवानीको लागि कुनैपनि पूर्व संचालन अनुमती लिनु नपर्ने भनि स्पष्ट व्यवस्था गरिएको छ’, विज्ञप्तीमा उल्लेख छ।

सरकारले तोकेको कोभिड–१९ सूरक्षा मापदण्डलाई पालना गरी सरसफाई, किटाणुशोधन, भौतिक दुरी, सुरक्षित मास्कको अनिवार्य प्रयोग लगायतका मापदण्ड पूरा गर्ने गरि अत्यावश्यक बस्तुहरुको होम डेलिभरी गर्ने कार्यलाई निरन्तरता दिइने फोरमले जनाएको छ।