कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ। 

 जिल्लाको दैजीमा सु.प. ०२–००३ प ३४८५ नम्वरको मोटरसाइकलले साईकल यात्रीलाई  ठक्कर दिदा बेदकोट नगरपालिका वडा नम्वर १० का ३७ बर्षीय धने पार्कीको मृत्यु भएको छ ।

 जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाक्षेत्री अनुसार  मोटरसाइकल चालक लालझाँडी गाउँपालिका वडा नम्वर ४ का ३० बार्षीय दिलेन्द्र पन्त पनि घाईते भएका छन्। घाइते पन्तको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ ।