कैलालीको गोदावरी नगरपालिकामा 'ईस्टु' नगर कमिटी गठन, अध्यक्षमा महरा चयन

कैलालीको गोदावरी नगरपालिकामा 'ईस्टु' नगर कमिटी गठन, अध्यक्षमा महरा चयन

धनगढी : कैलालीको गोदावरी नगरपालिकामा संस्थागत तथा निजी विद्यालयका शिक्षक शिक्षिका तथा कर्मचारीको संगठन ''ईस्टु'' को नगर कमिटी गठन भएको छ ।

'ईस्टु' को नगर कमिटी अध्यक्षमा समीर महरा चयन भएका छन भने उनको अध्यक्षतामा २९ सदस्यीय समिती समेत गठन गरिएको छ ।

उक्त कमिटी गठन कैलाली जिल्लाका अध्यक्ष शिवराज जोशीको अध्यक्षतामा भएको थियो । उनले आजको बैठकबाट नगर कमिटी तथा आगामी सांगठनिक विषयमाथि छलफल भएको जानकारी दिए ।