प्रदेश ७ का मन्त्री गरिब, श्रीमती र आफन्त धनी (सूची सहित)

प्रदेश ७ का मन्त्री गरिब, श्रीमती र आफन्त धनी (सूची सहित)

धनगढी: प्रदेश नम्बर ७ का मुख्यमन्त्री सहित मन्त्रीहरूले सम्पति विवरण सार्वजनिक गरेका छन् ।
६० दिनमा सार्वजनिक गर्नुपर्ने सम्पति विवरण पदभार ग्रहण गरेको एक सय एक दिनमा मगलवार सार्वजनिक गरिएको हो ।

सार्वजनिक गरिएको सम्पति विवरण अनुसार मुख्यमन्त्रीदेखी मन्त्रीहरूले श्रीमती, छोराछोरी, बुबाआमाको नाममा मात्रै सम्पति रहेको उल्लेख गरेका छन् । 

सार्वजनिक गरिएको सम्पति विवरण अनुसार मन्त्री गरिब देखिएका छन् भने उनका श्रीमती र परिवार धनी देखिएका छन् । 

मुख्यमन्त्री त्रिलोचन भट्टको सबै घर जग्गा भन्दा पत्नी दुर्र्का र  दाई शालिग्रामको नाममा २० दशमलव ५ रोपनी जग्गा रहेको छ भने बैंकमा ७० हजार रुपैयाँ नगद मौज्दात रहेको छ । यस्तै १ तोला सुन, १५ तोला चाँदी र १ सेट मोबाइल रहेको छ । 

आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले पनि सबै घरजगा पत्नी र दाईको नामा रहेको खुलाएका छन् भने सामाजिक विकाश मन्त्री दीर्घ सोडारी र भौतिक पूर्वाधार मन्त्री पठान सिंह बोहराले पनि पत्नी, दाई र बुबाको नाममा मात्रै सम्पति रहेको खुलाएका छन् ।

सम्पति आफ्नो, श्रीमती र छोराको नाममा रहेको सार्वजनिक गरेका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरासँग काठमाडौँ र कैलालीका विभिन्न स्थानमा  जग्गा रहेको खुलाइएको छ भने बैक मौज्दात, गाडी, सुन, शेयर रहेको खुलाइएको छ । 

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय माया भट्टले भने सबै सम्पति आफ्नो नाममा रहेको सम्पति विवरण सार्वजनिक गरेकी छन् भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनीता चौधरीले श्रीमानको नाममा सबै सम्पती राख्नुभएको छ ।

हेर्नुहोस् मुख्यमन्त्री सहित मन्त्रीको सम्पति विवरण: