सेती अस्पतालमा कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार सुरु

सेती अस्पतालमा कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार सुरु

धनगढी : सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालबाट पनि कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार सुरु गरिने भएको छ ।  अस्पतालले आज एक सुचना जारी गरेर संक्रमितको प्लाज्मा थेरापीबाट उपचार सुरु गरिने जानकारी दिएको हो ।

कोरोना संक्रमणमुक्त भईसकेका व्यक्तिहरुले रक्तदान गरी मानव जीवनको रक्षा गर्न सहयोग गरिदिन अस्पतालले आग्रह गरेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेण्ट डा. हेमराज पाण्डेद्धारा जारी सुचनामा भनिएको छ,''कोरोना रोगबाट मुक्त भई पिसिआर नेगेटिभ भएका र मापदण्ड पुरा भएका इच्छुक ब्यक्तिहरुले केही मात्रामा रक्तदान गरी मानव जीवन रक्षा गर्ने महान कार्यमा सहयोग गर्न हुन आग्रह गर्दछौ ।''

रक्तदान गर्नका लागि कोरोना संक्रमणका लक्षणबाट मुक्त भएको २ हप्ता पुगेको र पिसिआर पद्धतिबाट नेगेििटभ रिपोर्ट आएको हुनु पर्ने छ ।