सुनको मुल्य आज फेरी बढ्यो, तोलाको कति ?

सुनको मुल्य आज फेरी बढ्यो, तोलाको कति ?

सोमबार सुनको मूल्य ९७ हजार ५ सय प्रतितोलामा कायम छ। आइतबार ९७ हजार २ सयमा कारोबार भएको सुन आज तीन सयले बढेको हो।

आज चाँदीको मूल्य १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। यो अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले बढी हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ९ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ भइरहेको छ। जसको असर नेपालमा समेत देखिएको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।