अवैध बिडि सहित एक जना पक्राउ

अवैध बिडि सहित एक जना पक्राउ

धनगढी । भन्सार छलीका पाँच बोरा बिडि सहित कञ्चनपुरमा एक व्यापारी पक्राउ परेका छन्।

भन्सार छलीको अवैध बिडि सहित व्यापारी जगदिश भट्टलाई पक्राउ गरिएको कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले  बताए।

बिडिसहित पक्राउ परेका व्यापारीलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाईने प्रहरी नायब उपरिक्षक थापाक्षेत्रीले जनाएका छन् ।