सुदूरपश्चिममा ४९२९ संक्रमितले जिते कोरोना

सुदूरपश्चिममा ४९२९ संक्रमितले  जिते कोरोना

धनगढी: सुदूरपश्चिममा  झण्डै पाँच हजार संक्रमितले कोरोना जितेका छन्। 

 सुदूरपश्चिमका  नौ वटै जिल्लाका चार हजार नौ सय २९ जनाले कोरोना जितेका छन्। आईतबार मात्र अछामबाट ८२ र कञ्चनपुरबाट ७ गरी ८९ जना संक्रमित डिस्चार्ज भएको  प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले  जनाएको छ। सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार तीन सय ३१ जना निको भएर घर फर्किएका छन्।

यस्तै डोटीका आठ सय तीन, अछामका सात सय ९५, कञ्चनपुरका ६ सय १६ जना , बाजुराका चार सय ४२ जना, बैतडीका तीन सय २२, डडेल्धुराका दुई सय ९९ , बझाङका दुई सय ८० जना र दार्चुलाका ४१ जना संक्रमित पनि निको भएर घर फर्किएको स्वास्थ्य निर्देशनालयले जनाएको  छ।