शिक्षकले जर्बजस्ती करणी गरेको आरोपमा पक्राउ

शिक्षकले जर्बजस्ती करणी गरेको आरोपमा पक्राउ

धनगढी : कैलालीको जोशीपुर गाउँपालिकामा आफ्नै विद्यार्थीलाई जर्बजस्ती करणी गर्ने शिक्षक प्रकाउ परेका छन ।

बर्दगोरीया गाँउपालिका वडा नम्बर ६ बौनियामा रहेको रघुनाथ आर्दश माध्यमिक विद्यालयका ३२ वर्षका शिक्षक नारायण चौधरीलाई आफ्नै विद्यार्थी करणी गर्न खाजेको भन्दै प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको  बर्दगोरीया गाउँपालिका वडा नम्बर ५ ठाकुरद्धारा गाउँका १३ वर्षिया कक्षा ८ मा अध्ययनरत विद्यार्थी माथी जोशीपुर गाउँपालिका वडा नम्बर ७ भगतपुर गाउँका अन्दाजी ३२ वर्षका शिक्षक नारायण चौधरीले आफ्नै स्कुलकै  विद्यार्थी माथी जर्बजस्ती करणीको मुद्दा दर्ता भएका हो  ।

वडा नम्बर ६ बौनियामा रहेको रघुनाथ आर्दश माध्यमिक विद्यालयका विद्यार्थी मंसीर १८ गते बर्दिया राष्ट्रिय निकुञ्ज वनभोज गएर फर्किदा घर जाने क्रममा जर्वजस्ती करणी गरेको भन्दै मुद्धा दर्ता गरिएको हो ।

नाताले बाजे पर्ने शिक्षक नारायण चौधरीले वनभोजबाट फर्केकी विद्यार्थीलाई १८ गते राति ८ बजे घरसम्म छोड्ने भन्दै चौधरीले करणी गरेको आरोप लागेको छ ।

बालिकाले दोस्रो दिन विद्यालयमा आएर साथीलाई भनेपछि यो बिषय प्रहरीमा आएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख यक्षराज जोशीले जानकारी दिए ।

‘अभिभावकहरुले मुद्धा दिएपछि शिक्षक चौधरीबिरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरिक्षक यक्षराज जोशीले बताए ।