दार्चुलामा ५ जनामा भेटियो स्क्रब टाइफस

दार्चुलामा ५ जनामा भेटियो स्क्रब टाइफस

दार्चुला: दार्चुलामा ५ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् ।

स्क्रब टाइफस रोगसँग मिल्दोजुल्दो लक्षण लिएर अस्पताल आएका उनीहरुको आरडीटी परीक्षण गर्दा  ३ जना महिला तथा २ जना पुरुषमा स्क्रब टाइफस भेटिएको अस्पतालका सूचना अधिकारी तथा सिनियर अहेब डम्बरदत्त भट्टले जानकारी  दिनुभयो ।

जिल्लाको महाकाली नगरपालिकाका एक पुरुष, मालिकार्जुन गाउँपालिकाका दुई जना महिला र एक पुरुष तथा व्याँस गाउँपालिकाका एक जनामा पुरुषमा स्क्रब टाइफसको संक्रमण देखापरेको उनको भनाइ छ ।

उनीहरुमध्ये एक जनालाई धनगढी रेफर गरिएको छ, भने एक जनालाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ । बाँकी तीन जनामा रोगका सामान्य लक्षण भएका कारण उनीहरुलाई घर छोडिएको छ । परजीवी जातको भुसुना (किर्ना)ले टोकेमा स्क्रब टाइफस रोग लाग्ने उनले बताए ।