धनगढीको निसर्ग हस्पिटलका चार जना कर्मचारीलाई कोरोना  पुष्टि

धनगढीको निसर्ग हस्पिटलका चार जना कर्मचारीलाई कोरोना  पुष्टि

धनगढी: धनगढीको निसर्ग हस्पिटलका चार जना कर्मचारीलाई कोरोना संक्रमण  पुष्टि भएको छ ।

धनगढीको सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा दुई जना नर्स र दुई जना सफाई कर्मचारीमा कोरोना पुष्टि भएको हो । भदौ ९ गते निसर्ग हस्पिटलको आईसियुमा उपचाररत एक जना बिरामीलाई कोरोना संक्रमण देखिएपछि बिरामीको सम्पर्कमा भएका सवै कर्मचारीहरुलाई होटेलमा क्वारेन्टाइनमा राखिएको थियो । क्वारेन्टाइनमा रहेका तथा अन्य गरेर एक सय ३५ जना कर्मचारीहरुको कोरोना परिक्षण गर्दा दुई जना नर्स र दुई जना सफाई कर्मचारीहरुमा कोरोना पोजेटिभ आएको छ ।

कर्मचारीहरुमा कोरोना देखिए पनि अस्पतालका सवै सेवाहरु भने सुचारु नै रहेको निसर्ग हस्पिटलले जनाएको छ ।