स्रोत नखुलेको ५ लाख रुपैयाँसहित कार्यालय प्रमुख पक्राउ

स्रोत नखुलेको ५ लाख रुपैयाँसहित कार्यालय प्रमुख पक्राउ

 अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले स्रोत नखुलेको रकमसहित १ जनालाई पक्राउ गरेको छ ।

आइतबार दिउँसो स्टिङ अप्रेसनमा स्रोत नखुलेको ५ लाख ३० हजार रकमसहित पूर्वाधार विकास कार्यालय बाँकेका कार्यालय प्रमुख मनिषकुमार अर्याललाई पक्राउ गरिएको हो ।

उनलाई कार्यालयको गाडीसहित प्रदेश ५ को भौतिक पूर्वाधार विकास मन्त्रालयको कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।