सुदूरपश्चिममा आज थप एक सय जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज थप एक सय जनामा कोरोना पुष्टि

धनगढी : सुदूरपश्चिम प्रदेशमा आज थप एक सय जनामा कोरोना पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशका तीन वटा प्रयोगशालामा भएको परिक्षणमा थप एक सय जनामा संक्रमण देखिएको हो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ४० जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा ४९ जना र डोटी अस्पतालको प्रयोगशालामा ११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ५ हजार ९०३ पुगेको छ। 

यता सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ५८५ नमुनाहरुमध्ये ४० जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सुचनाअधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार १४ महिला र २६ २६ पुरुषमा संक्रमण देखिएको हो । उनले अछामको तुर्माखाद गाउँपालिकाका १२ जना, रामारोशन गाउँपालिकाका ६ जना, कञ्चनपुरको भिमदत्त नगरपालिकाका ५ जना र बेदकोट नगरपालिकाका दुई जनामा संक्रमण देखिएको जानकारी दिए ।

यस्तै कैलालीको धनगढी उपमहानगरपालिकाका १० जना, गोदावरी नगरपालिकाका दुई जना, जोशीपुर गाउँपालिकाका दुईजना र कैलारी गाउँपालिकाका एक जनामा संक्रमण देखिएको सुचना अधिकारी श्रेष्ठले बताए ।

उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा गरिएका ३५७ नमुनाहरु मध्ये ४९ जनामा संक्रमण पुष्टि भएको हो । प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालका अनुरसार आज संक्रमण पुष्टि भएका ४९ जना दार्चुला र बझाङका रहेका छन ।

उनले दार्चुलाको शैल्यशिखर नगरपालिकाका एक जना र जिल्ला प्रहरी कार्यालयका एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै बझाङको दुर्गाथली गाउँपालिकाका ४७ जनामा संक्रमण देखिएको बताए ।

यसैगरी  डोटी अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएकाका ८८ नमुनाहरुमध्ये ११ जनामा कोरोना पोजेटिभ देखिएको हो । अस्पतालका मोलेकुलर ल्याब इन्चार्ज शौरभ श्रेष्ठका अनुसार संक्रमण पुष्टि भएका सबै डोटी जिल्ला कै रहेका छन ।

उनले सायल गाउपालिकाका एकजना पुरुष, दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ का एकजना पुरुष, पूर्वीचौकी गाउँपालिका वडा नम्बर ६ का ५ जना पुरुष र ३ महिला गरी ८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यस्तै पूर्वीचौकी गाउँपालिका वडा नम्बर ७ का एक महिलामा संक्रमण पुष्टि भएको ल्याब इन्चार्ज श्रेष्ठले बताए ।