जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख ठकुराठी ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख ठकुराठी ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

धनगढी : कैलाली जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक (इन्सपेक्टर) सरोज कुमार ठकुराठी ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित भएका छन । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले प्रहरी निरीक्षक ठकुराठीलाई ‘उत्कृष्ट ट्राफिक प्रहरी’ २०७६/७७० घोषित गरेको हो ।

प्रहरी निरीक्षक ठकुराठीले गरेको कार्यको उच्च मुल्यांकन गर्दै सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले आज ‘ट्राफिक पोलिस अफ द एयर’ घोषित गर्दै प्रमाणपत्र समेत प्रदान गरिएको छ।

प्रहरी निरीक्षक ठकुराठीले विभागिय मुल्यांकन मान्यता, आदेशको निर्देशन बमोजिम भौतिक पुर्वाधारका लागि स्थानीय निकाय तथा सर्वसाधारण जनतासँग समन्यव र सहकार्य गरी २०७६ साल माघ २१ गते ट्राफिक प्रहरी पोष्ट फुलवारीमा जग्गा एक कट्टा र भवन निर्माणका लागि पहल लगायतका विभिन्न काम गरेका थिए ।

यस्तै ट्राफिक संकेत, बोर्ड, सवारी दुर्घटना न्युनिकरण तथा प्रभावकारी ट्राफिक व्यवस्थापन गर्ने कार्यमा समेत महत्वपूर्ण भूमिका खेलेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बताएको छ ।